१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल प्रहरीको ३७औं वार्षिकोत्सव मनाइयो


0
Shares

काठमाडौं । नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सव मनाइएको छ । प्रहरी कर्मचारीको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उदेश्यले २०४० सालमा स्थापना भएको अस्पतालमा हाल १ सय ५० शैया रहेको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालले बिगत ३ वर्ष देखि प्रहरी कर्मचारीको मात्र नभइ आम सर्वसाधारणको स्वास्थ्य उपचार सुरु गरेको बताउनुभयो ।

प्रहरी कर्मचारीसँगै आम नागरिकको उपचारमा थप सहजता ल्याउनका लागि आउँदा दिनमा अस्पतालको क्षमता विस्तार गर्ने प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक आशा सिंहले बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा अस्पातलमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पूर्व प्रहरी महानिरीक्षकहरूले कदर पत्रले सम्मान गरेका थिए । सोही अवसरमा अस्पतालमा २५ वर्षदेखि सेवा गरिरहेका कर्मचारीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

वार्षिकोत्सवमा नेपाल प्रहरी श्रीमती संघले अस्पतालका बिराीमहरूलाई फलफूल वितरण गरेका थिए ।