
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका जेलमा रहेका कट्टर आलोचक एलेक्स नाभाल्नीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उनका वकिल वादिम कोबजेकका अनुसार नाभाल्नीको हातगोडाले स्पर्श गरेको महसुस गर्ने क्षमता गुमाइसकेका छन् ।
मेडिकल जाँचको क्रममा उनको मेरुदण्डको हड्डीमा दुईवटा हर्निया भएको पुष्टि भएको वकिल वादिम कोबजेबले बताएका छन् । गत हप्ता नभाल्नीले आफ्नो पिठ्यूमा पीडा भएको भन्दै उपचारको माग गर्दै जेलमै भोक हड्ताल गरेका थिए । वकिकका अनुसार नाभाल्नी एक्लै हिड्न सक्ने अवस्थामा छैनन् ।
परकोवको जेलमा बन्द रहेका ४४ वर्षीय नाभाल्नी यसै हप्ताको सुरुमा श्वासप्रश्वाससँग जोडिएको बिरामी भएपछि जेलमा रोगीहरूको वार्डमा स्तानान्तरण गरिएको थियो । उनको शरीको तापमान पनि घटिरहेको छ ।
उनलाई राखिएको जेल शहरभन्दा निकै टाढा एकान्तमा भएको र त्यहाँ कुनै पनि डाक्टर नभएको बीबीसीले जनाएको छ । जेलमा मेडिकल युनिटको नाममा एकजना नर्स भएको समाचार उल्लेख छ । उनलाई जेलमा उपचार नभएको भनि अन्तर्राष्ट्रिय मिडियामा आएपछि जेलको स्वास्थ्य विभागले हरेक किसिमको स्वास्थ्उ उपचार जेलमै उपलब्ध गराएको दावी गरेको थियो ।
नाभाल्नीलाई २०१४ मा जेल हालिएको थियो । उनी रुसी राष्ट्रपति पुटिनको आलोचक भएका कारण उनलाई जेलमा राखिएको भनाइ छ । यद्यपि सरकारले भने आपराधिक क्रियाकलापमा संलग्न भएको जिकिर गरेको छ ।
नाभाल्नीको स्वास्थ्यको विषयलाई लिएर अमेरिकाले पनि चिन्ता प्रकट गरेको छ । उसले नाभाल्नीको स्वास्थ्य उपचार गर्नुपर्ने माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्