१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिद्धार्थनगरमा लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन


0
Shares

काठमाडौं । भीम अस्पतालमा लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले शीलापत्रको अनावरण तथा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । समाजसेवी लीलाराम न्यौपानेको ९२औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पोखरेलले भवनभित्र स्थापित न्यौपानेको सालिक अनावरण गर्नुभयो ।

कार्यक्रममा पोखरेलले समाजसेवी लीलाराम न्यौपाने र उहाँका परिवारबाट भएको पुनित कार्यले समाज लाभान्वित हुने धारणा राख्दै धन हुनेहरूले न्यौपाने परिवारबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शैय्या रहेको छ ।

कार्यक्रमम सहभागी अतिथीहरूले समाजसेवी न्यौपानेको योगदानको चर्चा गर्दै राष्ट्रकै अनुकरणीय तथा प्रशंसायोग्य व्यक्ति भएको उल्लेख बताएका थिए । प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि.क. लाई नवनिर्मित आकस्मिक कक्ष (भवन) को साँचो हस्तान्तरण गर्नुभयो ।

सर्वोत्तम सिमेन्टका तर्फबाट विष्णु न्यौपानेले सुनवल नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण गर्नका लागि सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई प्रतिबद्धतापत्र हस्तान्तरण गर्नुभयो ।

प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ ।