
सांकेतिक तस्विर
काठमाडौं । रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
सियारी गाउँपालिका–३ हर्नैयागाँउकी ५५ वर्षीया कुसुम बानियाँको हत्या आरोपमा श्रीमान् ६६ वर्षीय गनपत बानियाँलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गनपतले श्रीमतीको हत्या गरेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धका प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्