१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


१२ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ


0
Shares

काठमाडौं । भक्तपुरमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

बालिका बलात्कारको आरोपमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।