१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


म्यानमारमा हिंसा : थप ११ जनाको मृत्यु, मारिनेको संख्या ६ सय नाघ्यो


0
Shares

एजेन्सी । म्यानमारमा जारी हिंसामा परेर पछिल्लो पटक ११ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हत्याएर कब्जा गरेपछि भइरहेका विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २० जना घाइते भएको बीबीसीले जनाएको छ ।

आन्दोलनकारीहरूले निषेधाज्ञा तोड्न थालेपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर ११ जनाको मृत्यु भएको स्थायानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । उत्तरपश्चिम म्यानमारस्थित ताज शहरमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएर सुरक्षा घेरा तोड्ने क्रममा बल प्रयोग भएपछि दुवै पक्षबीच भिडन्त भएको हो ।

गत फेब्रुअरी १ देखि म्यानमारमा सरकारको विरोधमा जारी हिंसात्मक प्रदर्शनहरूका क्रममा मृत्यु हुनेको संख्या ६ सय भन्दा बढी पुगेको छ । आन्दोलकारीहरूले आङसाङ सूचीको सरकारको पुर्नबहालीको माग गर्दै विरेध गरिरहेका छन् ।

देशको मुख्य शहर याङ्गुनमा हालसम्म सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको छ । आफ्नो कदमको विरोध गर्ने करिब तीन हजार जनालाई सेनाले हिरासतमा लिएको समाचारमा उल्लेख छ ।,