
एजेन्सी । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगको खेलहरूमा इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेड विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ ।
गएराति स्पेनमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ग्रानाडालाई २–० ले हरायो । उता आर्सनल भने आफ्नै मैदानमा चेक गणतन्त्रको स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
युरोपा लिग क्वाटरफाइनल पहिलो लेगकै अर्को खेलमा इटालीको एएस रोमाले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई उसैको मैदानमा २–१ ले हरायो ।
यसैगरी क्रोएसियाको जाग्रेबमा भएको खेलमा स्पेनको भियारियालले घरेलु टोली डाइनामो जाग्रेबलाई १–० ले हरायो । क्वाटरफाइनल दोस्रो लेगका खेलहरु अर्को हप्ता हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्