१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ का पहाडी स्थानमा पानी पर्ने


0
Shares

काठमाडौं । दिउँसो प्रदेश १ का पहाडी स्थानमा शुक्रबार पानी पर्नेछ ।

स्थानीय वायु, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीका कारण प्रदेश १ पहाडी भू–भागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभिन्न प्रणाली र वायुका कारण बिहानैदेखि मौसम बदली भएको महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो । ठूलो वर्षा र हावाहुरी सम्भावना न्यून रहेकाले पश्चिमी, मध्य पहाडी तथा तराइका विभिन्न स्थानहरूमा लागेको तुँवालो कायमै रहने उहाँको भनाइ छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस रहँदा दिउँसो बढेर ३० देखि ३२ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ ।