
काठमाडौं । भारतमा कोरोना संक्रमणले दैनिक रेकर्ड कायम गर्दै गएको छ । शुक्रबार त्यहाँको मन्त्रालयले सार्वजनिक गरेको आँकडालाई हेर्ने हो भने भारतमा कोरोनाको तीव्र रुपमा फैलिरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार मानिसमा कोरोना संक्रमण भएको छ । यो आँकडा कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मको सबैभन्दा उच्च हो । त्यहाँ पछिल्लो २४ घण्टामा ८ सय मानिसको कोरोना भाइरसकै कारण मृत्यु भएको छ भने ६० हजार मानिस निको भएका छन् ।
भारतमा अहिले ९ लाख ७४ हजार सक्रिय संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । महाराष्ट्र र दिल्लीमा कोरोनाको सबैभन्दा बढी खतरा देखिएको छ । पछिल्लो १० दिनमा महाराष्ट्रमा मात्र दैनिक ५० हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्