
इलाम । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको हो ।
नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (नेपाल–खनाल समूह) र क्रान्तिकारी पत्रकार महासंघको साझा उम्मेद्वार रुपमा घिमिरे नेतृत्वको प्यानल बिजयी भएको हो ।
प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेदवार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजित गर्दै घिमिरे विजयी हुनुभएको हो । घिमिरेले ७९३ मत प्राप्त गर्दा प्रत्यासी न्यौपानेले ५९७ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा लवदेव ढुङ्गाना, महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिवमा देवेन्द्र कार्की, समावेशी सहसचिवमा सन्तोष, कोषाध्यक्षमा बिमल लामिछाने निर्वाचित भएका छन् ।
यस्तै, सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी, लीलाराज झापाली, ध्रुव भट्टराई, तोयानाथ भट्टराई र गोपालप्रसाद पोखरेल विजयी भएका छन् । महिला सदस्यमा विनु तिम्सिना, माला पालुङ्वा। र सुशीला पाठक निर्वाचित भएका छन् ।
दलित सदस्यमा विपी दियाली, जनजाति सदस्यमा विष्णु सुब्बा, यमकुमार दनुवार विजयी भए । मधेशी सदस्यमा प्रमोदकुमार यादव, व्रम्हदेव यादव निर्वाचित हुँदा अल्पसंख्यक सदस्यमा लीलाबहादुर सुनुवार विजयी हुनुभयो ।
प्रतिक्रिया दिनुहोस्