
वीरगञ्ज । गहुँ बालीमा लाग्ने सिन्दुरे रोगबारे नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययन गर्ने भएको छ । नार्कले विज्ञ टोलीलाई मध्य तराईका पर्सा, बारा र रौतहटमा अध्ययनको लागि पठाइसकेको छ ।
कृषि अनुसन्धान निर्देशनालय प्रदेश–२ बाराका प्राविधिक अधिकृत राजेन्द्र यादवले बाराको कोल्हवी, बरियारपुर, डुम्बरवाना, पर्साको सोलखपुर र रौतहटमा अध्ययन गरी रहेको जानकारी दिनुभयो । अध्ययनले गुणस्तरहीन बीउमा बढी रोग लागेको देखाएको छ ।
सिन्दुरे रोग प्रतिरोधी जातको बीउ नलगाउँदा पनि बालीमा समस्या देखिएको यादवको भनाइ छ । सिन्दुरे रोगले गहुँ बालीमा ३० प्रतिशत क्षति पु¥याउँदै आएको छ । प्रदेश २ मा धान पछिको दोस्रो मुख्य बालीमा गहुँ पर्छ ।
कृषि मन्त्रालयले आठवटै जिल्लामा गरी १ लाख ७४ हजार १ सय ५१ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्