३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


‘संगीत पत्रकारिता पुरस्कार’ सूर्य चन्दलाई


0
Shares

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०७७’ मा प्रथम उपराष्ट्रपति परमानन्द झाले चन्दलाई पुरस्कार प्रदान गर्दै सम्मान गर्नुभएको हो ।

रंग पत्रकारिताको माध्यम बाट गीत संगीतको क्षेत्रमा योगदान पुर्याएकाले चन्दलाई ५५ सय रुपैयाँसहित पुरस्कार प्रदान गरिएको आयोजक पावर इन्टरनेशनल मिडिया नेपालले जनाएको छ ।

कार्यक्रममा दिर्घ साधना सम्मान बाट वरिष्ठ संगीतकार राजु सिंह र रजत सम्मान बाट गायक तथा संगीतकार कनैया सिंह परियारलाई सम्मान गरिएको थियो ।