२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको भनाइ


0
Shares

एजेन्सी । अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले बताएका छन् ।

फ्लोइडको हत्या अभियोग लागेका पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथि लागेको मुद्दाको सुनुवाइको क्रममा चिकित्सकले अक्सिजनको कमीका कारण उनको मृत्यु भएको बताएका हुन् ।

डा. मार्टिन टोबिनले फेन्टनायलका कारण नभइ पक्राउ पर्ने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएको बताएका हुन् ।

प्रहरी अधिकारी चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको थियो ।

४६ बर्षे फ्लोइडको गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएको थियो । पक्राउ गर्ने क्रममा भएको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो ।

सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातानको भिडियो प्रशारण गरिएको थियो । पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । सो मुद्दामा अब निरन्तर सुनुवाइ हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।