
एजेन्सी । अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् ।
सरकारी सुरक्षाकर्मीहरुले सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा सो घटना भएको हो । लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाइ छ ।
देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्