१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गैँडा गणनाको नतिजा आज आउने


0
Shares

काठमाडौं । चैत ९ गतेबाट सुरु गरिएको गैँडा गणना सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना हिजो सकिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गणना सकिएकाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

नतिजा दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको छ । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए । हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ ।

तर, कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको हो । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । गैँडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो ।

गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए ।

तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो । गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आग्रमण गर्दा मृत्युसमेत भएको थियो ।