१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर नष्ट


0
Shares

जाजरकोट । नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

स्थानीय नौँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभुत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका छन् ।

घरभित्र रहेका लत्ताकपडा र खाद्यान्नसमेत जलेका छन् । शुक्रबार राति भएको घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएका छन् ।

नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको प्रहरीले जनाएको छ ।