१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा तीव्र रूपमा फैलिँदै कोरोना, २४ घण्टामा १ लाख ४५ हजार संक्रमित थपिए


0
Shares

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या तीव्र रूपमा थपिरहँदा पछिल्लो २४ घण्टा १ लाख ४५ हजार बढी संक्रमित थपिएका छन् ।

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार थप ७ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा गत सोमबार १ लाख ३५ सय बढी, बुधबार १ लाख १५ हजार, विहिबार १ लाख २६ हजार र हिजो १ लाख ३१ हजार बढीमा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ करोड २० लाख पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ लाख ६८ हजार बढी छ । सक्रिय संक्रमितको संख्या १० लाख ४६ हजार बढी छ ।