
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश–२ को संसदीय दलका नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ ।
यसअघि पार्टीको संसदीय दलको नेतामा रहेका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि साहलाई नयाँ जिम्मेवारी सुम्पिएको हो । साह महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
त्यस्तै पार्टीको उपनेतामा जगत यादव र प्रमुख सचेतकमा दिलिप यादव र सचेतकमा रुविकर्ण चुनिएको माओवादी केन्द्रले जनाएको छ । संसदीय दलको नेताबाट हटाइएका मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी माओवादी छाडेर एमालेमा गएका हुन् ।
माओवादीे उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ दिन र नफर्किए पार्टीबाट निस्कासन गर्न निर्णय गरेको छ । प्रदेश–२ मा माओवादीका ११ सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्