
पर्वत । जिल्लामा घाँस काट्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जलजला गाउँपालिका–७ का ३५ वर्षीय मकर बहादुर केसीको लडेर मृत्यु भएको हो ।
बिहान ९ बजे घाँस काट्न घरबाट निस्किएका केसी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयले खोजी गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेले जानकारी दिनुभयो ।
गाउँदेखि केहि पर सल्यानको जङ्गलमा आगो निभाउन जाने क्रममा भीरको डिलमा के.सी.को चप्पल देखेपछि खोजी गर्दा उनी मृत अवस्थामा भेटिएका हुन् । केसीको शव पोस्टमार्टमका लागि म्याग्दी अस्पतालमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्