८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विरोधीहरू सरकार परिवर्तनको खेलमा छन्– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभएको हो ।

भुकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुर्ननिर्माण, अस्पताल र बाटाहरू निर्माणका लागि सरकारले उल्लेखनिय काम गरेको दाबी गर्नुभयो । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरूले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’को संज्ञा दिनुभयो ।

ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो ‘सरकार परिर्वतनका प्रयासहरू भइरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरूलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो ? पुर्ननिर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलन्यास गर्यौ, धमाधम बन्दैछन् । त्यसकारणले हो ?’

उहाँले थप्नुभयाे, ‘१ सय ६५ वटा बाटाहरु एकैपटक सिलन्यास गर्यौ र बन्दैछन् । त्यसकारणले हो ? एकहप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनौको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।”