१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभूषणकाे नक्साबारे बोल्यो गृह मन्त्रालय


0
Shares

काठमाडौं । सरकारले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुलाई दिने विभूषणमा नेपालको नयाँ नक्सा नै अंकित गर्ने जनाएको छ ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राखिएको स्पस्ट पारेको छ ।

शुक्रबार वितरण गरिएको विभूषण गत वैशाख १ मा वितरण गर्नका लागि तयार पारिएको र कोरोना महामारीका कारण ढिला गरी वितरण भएकाले पहिलेकै राजनीतिक र प्रशासनिक नक्सा भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्तिद्वार प्रस्ट पार्नुभएको छ ।

शुक्रबार वितरण गरिएका पदक, मानपदवी तथा विभूषणहरुमा पुरानै नक्सा अंकित भएको विषयमा सामाजिक सञ्जाललगायतमा टिप्पणी भएपछि मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।