
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संसद अनिर्णयको बन्दी बनेको भन्दै अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।
डा कोइरालाले भन्नुभयो, ‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद् पुनर्स्थापना भन्यौं, तर अहिले पुनर्स्थापित संसदले बिजिनेश दिन सकेन । सभामुखको भूमिका पनि शंकास्पद रहन गयो ।’
फरक प्रसङ्गमा कोइरालाले आगामी महाधिवेशनमा सभापति बाहेक कुनै पदमा आफूले उम्मेद्वारी नदिने प्रष्ट पार्नुभएको छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे र जीवन परियारले कांग्रेसको अहिलेको नेतृत्वले कार्यकर्ता माथि न्याय गर्न नसकेको र विधानअनुसार पार्टी चलाउन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्