
काठमाडौं । नेपालमा थप ३ सय ३७ जनामा संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ सय ५१ जना संक्रमति निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । नेपालमा अहिलेसम्म २ लाख ७३ हजार ८ सय ८६ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्