
काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ ।
सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश गरि लुटेराहरुले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रदिपलाई नाक र टाउकोमा खुकुरी प्रहार गरेपछि छातीमा गोली हानी हत्या गरेको र उनकी श्रीमती अनिता विश्वकर्मामाथि पनि उनीहरुले गोली र खुकुरी प्रहार गरेको सिराहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिनुभयो ।
घटनामा घाईते भएकी अनिताको सिराहा स्थित सप्तऋषी अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न रामकृष्ण चौधरी र शंकास्पद अर्को एक जना पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्