१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईपीएल क्रिकेटमा दिल्लीको विजयी सुरुवात


0
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।

मुम्बईमा गएराति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई सात विकेटले हराएको हो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको चेन्नईले सात विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो ।

उसका लागि सुरेश रैनाले ५४ रन जोडे । बलिङतर्फ दिल्लीका mत्रशि भोक्स र आवेश खानले २–२ विकेट लिए ।

जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ ओभर चार बलमा तीन विकेट गुमाएर विजय लक्ष्य पार ग¥यो ।

दिल्लीका लागि शिखर धवनले ८५ रन तथा पृथिवी शले ७२ रनको योगदान दिए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेत लिए ।

जितसँगै दिल्लीले नयाँ सिजनको आईपिएल क्रिकेटमा विजयी सुरुवात गर्दा चेन्नाइ भने निराश भएको छ ।