
डम्मर बुढा मगर,
बागलुङ । बागलुङ बजारको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने १८ लाख ५० हजार बराबरको क्षति भएको छ ।
आगलागीमा परि बागलुङ नगरपालिका वडा नम्बर १३ बलेवा घर भई सोही फर्निचर संचालन गर्दै आएका ३३ वर्षीय हरिजन, वडा नम्बर ३ गुठीका ६४ वर्षीय डम्मर बहादुर कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।
आगलागीमा फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने नजिक रहेका दुई घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
राति २ बजेर ५० मिनेटमा प्रहरीलाई जानकारी भए लगत्तै प्रहरीको टोली त्यस स्थानमा गएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट ३० जना, विपद व्यवस्थापन गुल्मबाट १७ जना, शसस्त्र प्रहरीबाट १५ जनाको टोली, स्थानीय र दमकलको सहायतामा आगो निभाउने प्रयास भए पनि बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको हवारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्