२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


चितवनमा गाडी कल्बर्डमा खस्दा दुईको मृत्यु, सात घाइते, तीनकाे अवस्था गम्भीर


0
Shares

काठमाडौं । चितवनमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आइतबार विहान भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा म्याजिकमा सवार कास्की जिल्ला रुपा गाउँपालिका– १ का ४५ वर्षीय सुर्य खाती र भरतपुर महानगरपालिका– ४ का ५० वर्षीय राजेन्द्र दमाई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।

चालक भरतपुरका ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर, नयाँ मेडिकल कलेज तथा सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।