
स्याङ्जा । भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
आधिँखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भिरकोट नगरपालिका-७ लामाचौर बस्ने ३४ वर्षीय विवेक खाँणको शनिबार मृत्यु भएको हो ।
आधिँखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्