
एजेन्सी । बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने भएको छ ।
गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलिपको विन्डसोरमा अन्तिम संस्कार गरिने बकिङघम प्यालेसले जनाएको छ ।
आगामी १७ तारिखको स्थानीय समय अनुसार दिउँसो ३ बजे सेन्ट जर्ज च्यालेसमा अन्तिम संस्कार कायक्रम शुरु हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कोरोनाका कारण अन्तिम संस्कारमा सर्वसाधारणलाई उपस्थितिका लागि स्वीकृति दिइने छैन ।
सीमित व्यक्ति मात्र उक्त अन्तिम संस्कारमा सहभागी हुन पाउने बताइएको छ । यसैबीच बेलायती राजकुमार फिलिपको अन्तिम संस्कारमा प्रधानमन्त्री बोरिस जोन्सन उपस्थित नहुने हुनुभएको छ ।
प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटले जोन्सन राजकुमार फिलिपको अन्त्येष्टिमा उपस्थित नहुने जानकारी दिएको हो ।
बेलायतमा कोरोना भाइरसका प्रतिबन्धका कारण अन्तिम संस्कारमा सहभागी हुने व्यक्तिको संख्या यसअघिको भन्दा निकै कम गरिएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार राजकुमारको परिवार र नजिकका मानिसलाई स्थान दिनका लागि जोन्सन अन्तिम संस्कारमा नजाने हुनुभएको हो ।
मृत्यु अगाडि राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न अनुरोध गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्