
एजेन्सी । इरानले आफ्नो आणविक केन्द्रमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ । तेहरानले आक्रमणको जवाफ दिने समय आउने बताएपनि कस्ले आक्रमण गरेको हो भन्ने बारेमा भने केही खुलाएको छैन ।
इरानको आणविक उर्जा संगठनका प्रमुख अली अकबर सलेहीले आणविक उद्योगको विकासलाई रोक्न योजनावद्ध रुपमा भएको आक्रमणको बदला लिने चेतावनी दिएका छन । उनले आक्रमणको घटनाले अमेरिकी प्रतिबन्द हटाउन आणविक वार्ताको विरोध गर्नेहरु नै संलग्न भएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् ।
सन् २०१५ मा अमेरिकाले एकतर्फी रुपमा आणविक सम्झौता तोडेसँगै आणविक केन्द्रहरु बन्द गर्न इरानलाई दवाव दिँदै आएको छ । इरानमाथि प्रतिबन्द लगाएर अमेरिकाले ती आणविक केन्द्रहरु बन्द गरेर नयाँ ढंगबाट वार्ता गर्न दवाव दिँदै आएको छ । तर तेहरानले निशर्त वार्ता गर्ने भन्दै आफूमाथिको प्रतिवन्द पहिलो फुकुवा गर्नुपर्ने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्