
एजेन्सी । आइपीलएको चौधौं संस्करणअन्र्तगत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै कोलकोत्ताले विजयी सुरुवात गरेको हो ।
चेन्नइमा भएको खेलमा जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । हैदराबादका मनिष पाण्डे ६१ रनमा अविजित रहेपनि टिमलाई जित दिलाउन सकेनन् ।
टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । कोलकाता ओपनर नितेश रानाले ८० रनको पारी खेल्दा राहुल त्रिपाठी ५३ रनमा क्याच आउट भए । दिनेश कात्तिक २२ रनमा अविजित रहे । आइपीएल क्रिकेट अन्र्तगत आज हुने खेलमा राजस्थान रोयल्स र पञ्जाब भिड्दैछन् ।
प्रतिक्रिया दिनुहोस्