१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा ट्याक्टर खस्दा ५ जनाको मृत्यु


0
Shares

चितवन । चितवनमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा खड्ग लामा, गगन महतो, सिताराम श्रेष्ठ र छनिया महतो रहेका छन् भने अर्का एक जनाको खनाखत हुन सकेको छैन ।

साँझ ७ बजे नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आईरहेको ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्याक्टरमा २५ जना सवार रहेका थिए । ट्याकटरमा सवार अन्य घम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेहरुको सरकारी अस्पताल, पुरानो सीएमएस र सीएमसीमा उपचार भइरहेको छ ।