
काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज आंशिक बदली भएर हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १२ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ४२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्