१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु


0
Shares

बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हिजो दिउँसो बर्दियाको बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी ६० बर्षिया भुन्टी बोहोरालाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीको आक्रमण भएको खवर पाएपछी प्रहरी टोली घटनास्थल पुग्दा उनको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

केही दिनअघि बर्दियामै बाघको आक्रमणमा परि एक जनाको मृत्यु भएको थियो । यो वर्षमात्रै बाघको आक्रमणबाट बर्दियामा १० जनाको मृत्यु भइसकेको छ ।