३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


रुपन्देहीमा इन्धन खन्याउने क्रममा आगलागी


0
Shares

काठमाडौं । रुपन्देहीमा पेट्रोल पम्पमा इन्धन खन्याउने क्रममा आगलागी भएको छ ।

लु २ ख २८५७ नम्बरको ट्याङ्करले सूर्यपुरास्थित अभिषेक आयल नामको पम्पमा इन्धन खन्याउने क्रममा आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी सामान्य घाइते भएका छन् । आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

गएराति पौने आठ बजेतिर लागेको आगो लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र बुटवलका तीनवटा दमकलको प्रयोगबाट राति १० बजेतिर नियन्त्रणमा लिईएको थियो ।

नेपाल आयल निगमको भलबारी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेर विभिन्न पम्पहरुमा पु¥याउन गएको त्रिमूर्ति ट्रान्सपोर्टको ट्यांकरमा आगलागी भएको हो ।

आगलागी हुनुभन्दा अगाडि नैं आठ हजार लिटर पेट्रोल अर्कै डिपोमा खन्याइएको थियो भने चार हजार लिटर अभिषेक पेट्रोल पम्पमा खन्याइसक्दा आगो लागेको थियो ।

आगो लाग्दा ट्यांकरमा आठ हजार लिटर पेट्रोल बाँकी थियो ।