
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा चारजना सांसदलाई बर्खास्त गरेको छ । चार जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ ।
नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो ।
२४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको माओवादीले जनाएको छ । प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।
बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादी संसदीय दलका नेतासमेत थिए ।
प्रतिक्रिया दिनुहोस्