
काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ बस्दै छ ।
बैठकमा मन्त्रालयका नियमित कामकाजका विषयमा प्रस्ताव र निर्णय हुनुका साथै नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
पछिल्लो केही दिन यता कोेरोना संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शनिबार बसेको बैठकले संक्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको थियो ।
सोमाबार शिक्षा मन्त्रालयमा विद्यालय बन्द गर्ने विषयमा सरोकारवालासँग छलफल भएको थियो । छलफलमा सहभागीले विद्यालय बन्द गर्ने अधिकारी स्थानीय सरकारलाई छाडिदिन सुझाव दिएका थिए ।
सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आजको मन्त्रिपरिषद् बैठकमा पेश गनुहुने भएको छ ।
छलफलमा अधिकांशले सरोकारवालाले सीसीएमसीको बैठकमा मुख्य सरोकार राख्ने मन्त्रालयका मन्त्रीसँगको छलफल गरेर मात्र निर्णय गर्नुपर्ने विषय उठान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्