
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार तेस्रो पटक प्रदेशसभाको बैठक अवरुद्ध गरेका छन् ।
प्रदेश सभाको सोमबार बसेको बैठक ती दलले अवरुद्ध गरेका हुन् । बैठक संचालन भए लगतै प्रतिपक्षमा रहेका दलका संसदले उठेर संसद अबरुद्ध पारेका हुन् ।
चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राख्दै नियमित बैठक अबरुद्ध गरिएको हो ।
बैठक आगामी बैशाख ५ गतेसम्मको लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्