
काठमाडौं । पछिल्लो केही दिनयता बाँके जिल्ला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ ।
बाँकेमा हिजो ४० जना संक्रमित थपिएका थिए भने आज पनि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ७८ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गए पनि हाल संक्रमण तीव्र गतिमा कोरोना फैलिरहेको छ । चैतमा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् । तीमध्ये ५४ जनाको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
उपचाररत २४ जनाको अवस्था सिकिस्त रहको जनाउँदै अस्पतालका प्रमुख डा. प्रकाश थापाले ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो । अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको छ ।
भारतमा अति नै तीव्र गतिमा संक्रमण फैलँदै गएकाले सिमानामा विशेष किसिमको व्यवस्था गर्नुपर्ने जिल्लाबासीले गरेका छन् । नेपालगञ्ज नाका भएर भारतबाट आएकामध्ये ११ जनामा कोरोना पुष्टि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्