
काठमाडौं । मोबाइल एप्लिकेसन ‘माई सेकेण्ड टिचर’ ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन गरेको छ । सेकेण्ड टिचरले नेपाली टिमको जर्सी प्रायोजन गरेको हो ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार सेकेण्ड टिचरको आईएनजी समूहसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । एक वर्षे सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहने छ ।
यस्तै आईएनजी समूह र इस्लिङ्टन कलेजको लोगो प्रयोग हुनेछ । सम्झौता रकम भने खुलाइएको छैन ।
क्यानका अनुसार नेपालले बैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेल्दा प्रायोजित जर्सीको प्रयोग गर्नेछ । कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्