५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आइपीएल : मुम्बइ र कोलकोत्ताले प्रतिष्पर्धा गर्ने


0
Shares

एजेन्सी । पन्जाब किंग्सले चेन्नइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित हात पारेको छ । मुम्बइमा गएराति भएको खेलमा राजस्थानलाई ४ रनले हराउँदै रोमाञ्चक विजयी सुरवात गरेको हो ।

जितका लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेलेपनि टोली विजयी हुन सकेन ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेले ।

दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको विष्फोटक इनिङ खेले । यसैबीच आईपिएल क्रिकेटमा आजबाट दोस्रो चरणका खेलहरु सुरु हुनेछन् । आज चेन्नाईमा हुने खेलमा कोलकाता नाइट राईडर्स र मुम्बई इण्डीयन्स भिड्नेछन् ।