
सांकेतिक तस्विर
सिन्धुली । विगत १५ दिनदेखि सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रमा लागेको डढेलो पूर्णरुपमा निभ्न नसक्दा वन सम्पदाहरु डढेर सखाप भएका छन् ।
जिल्लाको कमलामाई नगरपालिका, कमलाखोज र मरिण क्षेत्रमा रहेका सामुदायिक तथा सरकारी वन जंगलहरुमा लागेको डढेलो निभ्न नसक्दा समस्या देखिएको हो ।
वन जंगलहरुमा लागेको डढेलोका कारण संरक्षित वन नष्ट हुनुका साथै साल तथा अन्यजातका रुखहरु, वनस्पति, चराचुरुङगी र जीवजन्तुलाई प्रत्यक्ष असर परेको छ । सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रमा हिउदका दिनमा डढेलो लाग्ने र वर्षायाममा प्राकृतिक विपति आएर खेती योग्य जमिनहरुको नदी कटान हुनुका साथै मानव बस्ती समेत जोखिममा पर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्