१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जापानले १० लाख टन फोहोर पानी समुद्रमा छोड्ने


0
Shares

एजेन्सी । जापान सरकारले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने भएको छ ।

फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले जम्मा भएको फोहोर पानी समुद्रमा छोड्न लागेको हो ।

आवश्यक मापदण्डको पूर्ण पालना गरी पानी समुद्रमा छाडिने अधिकारीहरूले जनाएका छन् ।

टोकियो ओलम्पिक सुरू हुनु तीन महिनाअघि जापान सरकारले यो निर्णय गरेको हो । टोकियो ओलम्पिकका केही खेलहरु फुकुसिमामा हुनेछ ।

सन् २०११ को सुनामीका कारण फुकुसिमा आणविक प्लान्टमा ठूलो क्षति भएको थियो । त्यसयता प्लान्टमा १२ लाख ५० हजार टन पानी जम्मा भएको बताईएको छ ।