१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढी पहिराे पीडितले सात महिनासम्म पनि राहत पाएनन्


0
Shares

बागलुङ । बाढी पहिरोबाट घर परीवार गुमाएको सात महिना पुग्दापनि बागलुङको ढोरपाटन नगरपालिकाका बासीन्दाले राहत पाउन सकेका छैनन् ।

विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट आश्वासन पाउँदै आएका बाढी पीडित अस्थाई बासस्थान तथा आफन्तकोमा आश्रय लिएर बस्न बाध्य भएका हुन् । पीडितका लागि संकलन भएको रकम नगरपालिकाले किस्तामा वितरण गर्दा पीडितहरुले सही रुपमा राहत पाउन नसकेको बाढी पीडित रामबहादुर पुलले बताउनु भएको छ ।

नेताहरु आएर घर बनाउने आश्वासन दिए पनि सरकारी स्तरबाट एक रुपैयाँ सहयोग नगरेको बाढी पीडित ढोरपाटन नगरपालिका वडा नम्बर ९ का कुलबहादुर विकले बताउनुहुन्छ ।

यता, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले पीडितलाई दिइने २/२ लाख मध्ये किस्ताअनुसार पहिलो किस्ता बापत ५० हजार दिईएको बताउनुभएको छ । उहाँले घर बनाउन थालेपछि ५० हजार दिने र बनि सकेपछि प्राविधिकले निरीक्षण गरेपछि थप एक लाख रुपैयाँ प्रदान गर्ने जानकारी दिनु भएको छ ।