
एजेन्सी । भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको छ ।
उक्त खोपलाई भारतमा प्रयोगको अनुमति दिन भारतको नियामक निकायले सरकारलाई सिफारिस गरेको छ ।
भारतले यसअघि अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाको सहयोगमा उत्पादित कोभिशिल्ड र भारतमै बनेको कोभ्याक्सीन नामका दुई भ्याक्सिन प्रयोग गरिरहेको छ ।
रुसको सरकारी निकायले बनाएको स्पुतनिक–५ भ्याक्सिन पनि दुई डोज लगाउनुपर्छ । रूसी अधिकारीहरूले भ्याक्सिनको प्रभावकारिता ९१ प्रतिशत रहेको र ५९ देशमा प्रयोग अनुमति पाइसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्