१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘गोरखा भूकम्प’को ६ वर्षका अवसरमा धरहरा उद्घाटन गरिने


0
Shares

काठमाडौं । ऐतिहासिक सम्पदा धरहरा वैशाख ११ गते उद्घाटन गरिने भएको छ । ‘गोरखा भूकम्प’को ६ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटन गरिने भएको हो ।

भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा उद्घाटन गरिने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको ज्ञवालीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ।