१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं प्लाजा खाली गर्ने आज अन्तिम दिन


0
Shares

काठमाडौं । नेपाल ट्रष्टले काठमाडौंको कमलादीस्थित काठमाडौं प्लाजा २ गतेभित्रै खाली गर्न आवश्यक तयारी गरेको जनाएको छ ।

भवन भाडामा लगाउने कन्सेप्ट डेभलप्र्सले सम्झौता गरेको दश महिना बित्दा पनि भवन खाली नगरेपछि ट्रष्टले २ गतेबाटै खाली गर्नका लागि जानकारी गराउन लागेको हो । ट्रष्टको कार्यालयले पटक–पटक सूचना जारी गरेर भवन तथा सटरहरू खाली गर्न ताकेता गर्दै आएकोमा आज साँझ ५ बजेभित्र खाली गर्न अन्तिम समय दिएको छ ।

आज ५ बजेसम्म पनि ती कम्पनीले भवन खाली नगरे वैशाख २ गतेबाट बल प्रयोग गरेरै खाली गराइने कार्यालयका कार्यकारी सचिव सुरेश आचार्यले बताउनुभयो । हाल सो भवनमा ४० वटा विभिन्न कम्पनी तथा बैंक रहेका छन् । उनीहरुले असार यताको भाडा पनि तिरेका छैनन् ।