२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


कोरोना बढेपछि मुख्यमन्त्रीद्वारा माध्यमिक परीक्षा रद्द गर्न अपिल


0
Shares

एजेन्सी । भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण ह्वात्तै बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले माध्यमिक परीक्षा (सीबीएई) रद्दा गर्न अपिल गर्नुभएको छ ।

दिल्ली लगायत देशैभर ठूलो संख्यामा मानिसमा कोरोना संक्रमण र मृत्यु भएपछि मुख्यमन्त्री केजरीवालले परीक्षा रद्द गर्न अपिल गर्नुभएको हो । परीक्षामा हुने भिडभाडले कोरोना संक्रमण फैलाउन मद्दत गर्ने बताउँदै उहाँले तत्काल परीक्षा रोक्नुपर्ने धारणा राख्नुभयो ।

भारतका दिन–दिनै कोरोना संक्रमितको संख्याले रेकर्ड बनाउँदै गएको छ । पछिल्लो तीन दिनमा त्यहाँ लगातार डेढ लाख भन्दा धेरै संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६१ हजारभन्दा बढीलाई कोरोना संक्रमण हुँदा ८ सय ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।