
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ५१ लाखको क्षति भएको छ ।
दिक्तलको रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा मंगलबार बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बिहान करीब ४ः३० बजेबाट सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी सामान, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।
स्थानीय हर्कराज राईको उद्योगमा लागेको आगो नेपाली सेना, जनपथ तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय वासिन्दाको सहयोगमा दुई घण्टापछि नियन्त्रण्मा आएको थियो । आगो समयमा नियन्त्रणमा लिइएकाले आसपासका घरहरूमा भने क्षति हुन पाएन ।
खोटाङमा चैत महिनामा मात्रै दुई दर्जन बढी घर तथा गोठमा आगलागी भएको छ ।
प्रतिक्रिया दिनुहोस्