२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


थ्री नेसन्स् टी–ट्वान्टी सिरिजमा सहभागी हुन नेदरल्याण्ड र मलेसियाको टोली काठमाडौंमा


0
Shares

काठमाडौं । बैशाख ४ गतेदेखि हुन लागेको थ्री नेसन्स् टी–ट्वान्टी सिरिजमा सहभागी हुन नेदरल्याण्ड र मलेसियाको टोली मंगलबार काठमाडौं आइपुगेको छ ।

नेदरल्याण्डको टोली बिहान काठमाडौं आइपुगेको हो भने मलेसियाको टोली दिउँसो काठमाडौं आइपुगेको हो ।

मलेसियकाे राष्ट्रिय क्रिकेट टाेली

काठमाडौंमा अवतरण गरेका खेलाडीहरू कोभिड–१९ को प्रोटोकलमा रहनेछन् । होटल सोल्टीमा बस्ने दुवै टिमको बुधबार पिसिआर टेस्ट हुनेछ । त्यसपछि मात्र उनीहरूसँग अन्य व्यक्तिले भेट गर्ने पाउनेछन् ।

नेदरल्यान्ड्सको राष्ट्रिय क्रिकेट टोली

कपमा नेदरल्यान्ड्स, नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । कोरोनाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प भएको बेला क्यानले त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कपको पहिलो दिन नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । खेल अपरान्ह सवा एक बजेदेखि सुरू हुनेछ । बैशाख ५ गते हुने खेलमा नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुने तालिका छ ।

डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा बढी अंक जोड्ने दुई टिमबीच बैशाख ११ मा फाइनल खेल हुनेछ ।